डलर साट्ने प्रलोभनमा पारी १२ लाख रुपैयाँ ठगी

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : २६


काठमाडाैं । डलर साट्ने प्रलोभनमा पारी काठमाडौं बौद्ध बस्ने डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट नगद १२ लाख रुपैयाँ आइतबार ठगी भएको छ ।

अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी प्रलोभनमा पारी गुरुङलाई महालक्ष्मी नगरपालिका–२ ईमाडोलमा बोलाई रुपैयाँ आकारको कागजको बिटो दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएका बताइएको छ ।

फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता सन्तोष तामाङले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्