धर्मेन्द्र-सुदर्शन गुटले विप्लवलाई निकालियो भन्नु खुफिया प्रचारः प्रकाण्ड (विज्ञप्ति)

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : १०


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश वली ‘सुदर्शन’समूहको प्रचारको खण्डन गरेको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै धर्मेन्द्र, हेमन्तप्रकाश वली ‘सुदर्शन’को गुट भेलामा सहभागी भएको भन्दै केन्द्रीय सदस्य गुणराज लोहनी र उदयबहादुर चलाउने ‘दीपक’लाई निलम्बन गरेको छ।

धर्मेन्द्र-सुदर्शन गुटले महासचिव विप्लवलाई कारबाही गरिएको प्रचार गरेपछि त्यस्तो भ्रमित कुरामा नपर्न समेत पार्टी पंक्तिमा प्रवक्ता प्रकाण्डले अपील गरेका छन्।


प्रतिक्रिया दिनुहोस्