बागीलाई फकाएर रेनुको पक्षमा माहोल बनाउन चितवन पुगे प्रधानमन्त्री देउवा

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : २८


काठमाडौं । सत्तारुढ गठबन्धनले भोलि चितवनमा भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालको पक्षमा माहोल बनाउन चुनावी सभा आयोजना गर्दैछ।

भरतपुरमा हुने सो सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल लगायतका अन्य शीर्ष नेताहरु भोलि नै चितवन जाने कार्यक्रम भएपनि प्रधानमन्त्री शेरबहाुदर देउवा भने आजै त्यसतर्फ लागेका छन्।

प्रधानमन्त्री देउवा बुधबार राति बास बस्ने गरी चितवन पुगेका हुन।

उनी नेपाली सेनाको हवाइजहाजमार्फत बुधबार अपरान्ह साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। सेनाको जहाजमा भरतपुर उत्रिएका देउवा निर्वाचन आचारसंहिता लाग्ने भन्दै निजी गाडीमा होटलतिर लागेका छन्।

भरतपुर महानगरपालिकामा फेरि रेनु दाहाललाई जिताउन र बागी उम्मेद्वार उठेका जगन्नाथ पौडेललाई फकाएर फकाएर उम्मेद्वारी फिर्ता लिन दबाब दिनका लागि देउवा एक दिन अघि नै चितवन पुगेको बताइएको छ।

भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर पार्न देउवा चितवन गएका हुन।


प्रतिक्रिया दिनुहोस्