काठमाडौं । केहि दिन अघि मेलम्चीमा एक उम्मेद्वारले मतदाताको पाउमा एक हजारको नोट राख्दै भोटका लागि अपील गरेको तस्विर सार्वजनिक भएको थियो।
सामाजिक सञ्जालमा भाइरल सो तस्विरबारे विविधि टिकाटिप्पणी भइरहेको छ।
यसैबीच, एक फरक तस्विर सार्वज्निक भएको छ। जहाँ मतदाताले उम्मेद्वारलाई ढोगेर जितको शुभकामना दिएक छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीस्थित फूलडाँडामा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मीना विश्वकर्मालाई खुट्टा ढोगेर जितको लागि शुभकामना दिँदै एक मतदाता।
तस्बिर:कमल खत्री/रासस