काठमाडाैं । फोटो पत्रकार महासङ्घ इलामकाअध्यक्षमा राजेश पराजुली चयन हुनुभएको छ । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।
समितिका उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, कोषाध्यक्षमा प्रदीप खड्का र सचिवमा सुनिता राई चयन हुनुभएको छ । त्यस्तै सदस्यमा टीका खतिवडा, सविता पाण्डे, किरण पौडेल, विनय तिमल्सिना, कृष्ण पाठक र प्रज्वल भट्टराई चयन हुनुभएको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधिमा सुदीप श्रेष्ठ र प्रदेश प्रतिनिधिमा नमिन ढकाल चयन हुनुभएको छ । यसअघिको तदर्थ समितिलाई विघटन गर्दै नयाँ समिति गठन गरिएको हो । नयाँ कार्यसमितिलाई जुझारु र सशक्त बनाउने तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूहरुले फोटोको माध्यमबाट रचानात्मक सहयोग गर्ने नवनिर्वाचित अध्यक्षले बताउनुभयो । उहाँले सबैलाई समेटेर अघि बढ्ने समेत बताउनुभयो ।