विप्लव कपिलवस्तुमा खेतमा काम गर्दै

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ०२


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गृहजिल्ला कपिलवस्तुमा व्यस्त बनेका छन्।

पार्टीको केन्द्रीय कार्यालय रहेको शिवगढी वरपरको खेतबारीमा विप्लवले अहिले श्रम गरिरहेका छन्।

स्थानीय चुनावलाई उपयोग गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले आजै विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन समेत गरेको छ ।

आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्