अन्ततः युरोपद्वारा रुसी तेल खरिद नगर्ने घोषणा, इयू भन्छः युक्रेनले युद्ध जितेको देख्न चाहन्छौं

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ५७


काठमाडौं। युरोपेली युनियन इयूले रुसबाट तेल खरिद नगर्ने घोषणा गरेको छ।

यसैवर्षको अन्त्यदेखि रुसबाट इयूमा आवद्ध २७ देशले तेल खरिद नगर्ने इयूका प्रमुख उर्सुला भोन देर लियनले बताएकी छिन्।

रुसी तेलको निर्भरता हटाइने उनको भनाइ छ। युरोपका देशहरु रुसको तेल र ग्याँसमा ज्यादै निर्भर छन्।

पछिल्लो प्रतिबन्धात्मक घोषणामा ग्यास भने समेटिएको छैन। इयूका राष्ट्रबीच ग्यास प्रतिबन्ध गर्ने विषयमा सहमति हुन नसकेको हो।

इयूकी प्रमुख उर्सुलाले रुसविरुद्धको युद्धमा युक्रेनको जित होस् भन्ने युरोपको चाहना भएको बताएकी छिन्।

उता रुसले भने आफ्नो तेलमा प्रतिबन्ध लगायता पनि तेस्रो मूलुकबाट पनि युरोपले रुसकै तेल खरिद गर्ने बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्