विप्लवलाई पार्टीबाटै हटाइदिए विद्रोही समूहले, प्रकाण्डको जिम्मेवारी पनि खोसियो

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : २३


काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट महासचिव रहेका विप्लव स्वयंलाई विद्रोही नेताहरूले पार्टी र जिम्मेवारीबाट निष्कासित गरिदिएका छन्।

यसैगरी खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पार्टीको प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिएका छन्।

चितवनको पर्सामा बुधबारदेखि सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई कारवाही गरेको हो।

सो भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ र ती निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा भाग लिने नलिने विषयमा विवाद सुरु भएपछि पार्टिभित्र आन्तरिक कलह सुरु भएको थियो। विप्लवले चुनावमा भाग नलिने बताउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्