काठमाडौं। रुसले युक्रेनको पूर्वी क्षेत्र डोनेट्स्कमा आक्रमण गर्दा एकैदिनमा २१ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।
गएको एक महिनामा एकैदिनमा धेरै मानिस मारिएको यो पहिलोपटक हो।
त्यहाँका गभर्नर पाभ्लो क्रिलेन्कोका अनुसार बुधबार रुसी सेनाले गोलाबारी र बमबारी गरेपछि सर्वसाधारणहरु मारिएका हुन्।
रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपदस्थ गर्ने प्रयास गरेता पनि त्यो सफल हुन सकेको छैन।
यसबीचमा युक्रेनको पूर्वी भूभाग डोनेट्स्क र लुहान्स्कलाई भने केही समयभित्र रुसमा गाभ्ने अमेरिकाले चेतावनी दिएको छ।
यी दुई क्षेत्रमा रुसले जनमत संग्रह गराएर यो भूभागलाई युक्रेनबाट छुटाउने प्रयास गरेको अमेरिकी भनाइबीच यहाँ आक्रमण भएका हुन्। अल्जाजिरा