द्वन्द्वग्रस्त युक्रेनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १६ को मृत्यु्

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ११


रासस/सिन्ह्वा। रुसले आक्रमण गरिरहेको युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ।

अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ। प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्