त्रिभुवन विमानस्थलमा ‘बम’ भेटिएन

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : ४५


काठमाडौं । बम रहेको हल्लाले केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ।

आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै फोन गरेपछि आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको थियो । अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गरिएको हो।

सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्