काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाका अनुसार विष्टविरूद्ध ठगी र किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरिएको हो । उनीविरुद्ध बैंकिङ कसुर र दोहोरो नागरिकता लिएकोबारे जाहेरी पनि परेको थियो ।
विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले उजुरी दिएका हुन् ।