गाडीको ठक्करबाट धनुषामा प्रहरी हवल्दारको मृत्यु

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ५४


जनकपुर । धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

सोमबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारीअनुसार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केबर चोकमा ड्युटी सकेर कार्यालयतर्फ पैदल आउँदै गरेका वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको थियो। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले बताएको छ।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए।


प्रतिक्रिया दिनुहोस्