माओवादी केन्द्रको विद्यार्थी संगठनले प्रत्येक बुथमा १ सय युवा परिचालन गर्ने

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ०२


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्थानीय चुनावमा “एक बुथ एक सय क्रान्तिकारी युवा” परिचालन गर्ने भएको छ।

अखिल क्रान्तिकारीको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार प्रत्येक बुथमा १०० जना क्रान्किारी युवा परिचालन गर्ने भएको हो ।

बैठकको निर्णय अनुसार यहि वैशाख ३० गते सम्पन्न हुन् गइरहेका स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने भएको छ।

भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बुथ सुरक्षा सहित नेकपा (माओवादी केन्द्र) र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उदेश्यले “एक बुथ एक सय क्रान्तिकारी युवा परिचालन गर्ने निर्णयलाई कार्यान्वयन गर्ने गरी क्रान्तिकारी अघि बढेको हो।

साथै बैठकले संगठनका केन्द्रीय पदाधिकारीद्वारा सम्बन्धित प्रदेशको पालिकाहरुको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरि ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरको जिम्मेवारी तय गरेको छ।


प्रतिक्रिया दिनुहोस्