काठमाडौं। पछिल्लो समय भारतमा हिन्दी भाषा राष्ट्रभाषा हो कि होइन भनेर विवाद चर्किएको छ।
बलिउडमा पनि यो विषयले बहस छेडेको छ। अजय देवगनले खुला रुपमा हिन्दी भाषा राष्ट्र भाषा भएको बताउँछन्। अजय देवगनको भनाइलाई चर्चित अभिनेत्री कंगना रणावतले पनि साथ दिएकी छिन्।
तर यी चर्चित कलाकारको भनाइबाट दक्षिण भारतीय राज्यका मानिसहरु खुशी छैनन्।
भारत आफैंमा धर्म निरपेक्ष राष्ट्र हो। सबै भाषालाई सम्मान गरिनुपर्ने टिप्पणी भइरहेको छ।
यसबीचमा चर्चित गायक सोनु निगमले अजय र कंगनाको विचारमा विमती जनाएका छन्। उनका अनुसार हिन्दी भाषा राष्ट्रभाषा होइन र यो विषयलाई उजागर गरिए यसले धरै समुदायबीच विवाद निम्त्याउनसक्छ।
अजयले हिन्दी भाषा मातृभाषा भएको र राष्ट्रिय भाषा भएको बताउँदै सोही कारण धेरै चलचित्र हिन्दीमै डब हुने उल्लेख गरेका छन्।
सोनु निगमले जस्तै चर्चित कन्नड नायक किच्चा सुदिपले पनि हिन्दी राष्ट्रभाषा नभएको बताएका छन्।
Hello @ajaydevgn sir.. the context to why i said tat line is entirely different to the way I guess it has reached you. Probably wil emphasis on why the statement was made when I see you in person. It wasn’t to hurt,Provoke or to start any debate. Why would I sir 😁 https://t.co/w1jIugFid6
— Kichcha Sudeepa (@KicchaSudeep) April 27, 2022