काठमाडौं। भारतीय काँग्रेस आईका नेता राहुल गान्धी अहिले बिदा मनाउन नेपाल आएका छन्।
साथीको बिहेको निम्तो मान्न काठमाडौं आएका गान्धी हिजो ठमेल स्थित नाइट क्लब पुगेका थिए।
उनी ठमेल गएको भिडियो फेला पारेपछि भारतीय सत्ताधारी दल भाजपाका नेताहरुले आलोचनामा उत्रेका छन्।
भारतीय समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा राहुल एक महिलासँग डिस्कोमा देखिन्छन्। सो भिडियो ट्विट गर्दै भाजपा नेताहरुले देशभित्र जनताको समस्यामा साथ रहनुको सट्टा नेपालमा डिस्कोमा पार्टी गरेर बस्दै गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।
Rahul Gandhi was at a nightclub when Mumbai was under seize. He is at a nightclub at a time when his party is exploding. He is consistent.
Interestingly, soon after the Congress refused to outsource their presidency, hit jobs have begun on their Prime Ministerial candidate… pic.twitter.com/dW9t07YkzC
— Amit Malviya (@amitmalviya) May 3, 2022
उता काँग्रेस आईले राहुलको बचाउ गरेको छ। राहुल गान्धीको डिस्को भिडियोबारे भाजपा नेताहरुले प्रश्न उठाएपछि कांग्रेस आईका प्रवक्ता रणदीप सुरजेवालाले भिडियोमा कुनै कुरा गलत नभएको प्रष्टीकरण दिएका छन्।
राहुल काठमाडौंमा आफ्नो साथीको विहेमा गएको र यो उनको व्यक्तिगत यात्रा भएको उनले प्रष्ट्याएका छन्। राहुल काठमाडौंको बिहेमा जानु मोदीले खुसुस्क् पाकिस्तान गएजस्तो नभएको काँग्रेस प्रवक्ताको भनाई छ।
Mr Randeep Surjewala:
Mr @RahulGandhi hasn’t gone as an uninvited guest like PM Modi went to Pakistan
Mr Gandhi has gone to a friendly country Nepal to participate in private marriage function of a friend pic.twitter.com/gNHcG7xV0y
— Supriya Bhardwaj (@Supriya23bh) May 3, 2022