कलाकारमा राजनीति मोहः भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ३३


काठमाडौं। पछिल्ला दिनहरुमा कलाकारमा राजनीति मोह बढेको देखिएको छ।

अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहेकी छिन्। उता करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गरेकी छिन्।

यतिबेला अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन्।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरुलाई प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्