यस्तो छ नागार्जुन नगरपालिका वडा नं ४ लाई स्मार्ट वडा बनाउने काँग्रेसको संकल्प…

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : २७


काठमाडौं। आगामी स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले काठमाडौं नागार्जुन नगरपालिका वडा नं ४ को संकल्प पत्र सार्वजनिक गरेको छ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ। यतिबेला देशभर चुनावी सरगर्मी बढिरहेको छ। विभिन्न स्थानमा पार्टीहरुले संकल्पपत्र–घोषणापत्र जारी गरिरहँदा काँग्रेसले नागार्जुन नगरपालिकको वडा नं ४ को संकल्प पत्र सार्वजनिक गरेको हो।

यतिबेला मतदातासँग स्थानीय तहका जनप्रतिनिधि बन्न चाहनेहरुले भोट मागिरहेका छन्। नागार्जुन नगलपालिका वडा नं ४ का काँग्रेस वडाध्यक्षका उम्मेदवार लक्ष्मी राम शर्मा पनि मतदातामाझ आकर्षक संकल्प र घोषणा पत्रसहित घरदैलो गरिरहेका छन्।

उनका अनुसार आफू निर्वाचित भएको खण्डमा आफ्नो संकल्पपत्रमा समेटिएका सवै वाचा पुरा हुनेछन्।

नागार्जुन नगरपालिका वडा नं ४ मा काँग्रेस यसो भन्छ
नेपाली कांग्रेस वडाभित्र रहनुभएका सम्पूर्ण आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरूको लोकतन्त्रप्रतिको निष्ठा, समर्पण र संघर्षलाई हार्दिकतापूर्ण अभिनन्दन गर्दै जय नेपालको न्यानो अभिवादन गर्दछु।

नयाँ वर्ष २०७९ को आगमनसँगै समुन्नत नेपालको सपना र योजना बोकेर हामी स्नेह, आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षासहित तपाईंहरूको घरदैलोमा उभिएका छौं। यो वर्ष हाम्रो संघीयताको ढाँचामा रहेका स्थानीय, प्रदेश र केन्द्र तीनै तहका निर्वाचनहरू क्रमशः हुँदै जानेछन्। यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदै छ।

आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ हो। जति धेरै नागरिकले यसमा भाग लिन्छन्, लोकतन्त्र उति नै सुदृढ, स्थायी र जनमुखी हुन्छ। संसारका धेरै देशका जनता आवधिक निर्वाचनमा यसरी भाग लिएर स्वविवेकले आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारका लागि अझै संघर्षरत छन्। तसर्थ, यो स्थानीय तहका निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न आम वडाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक अपिल गर्दछौं।

वडा अध्यक्षले जनप्रतिनिधिको रुपमा काम गर्नुछ पर्छ तर उनीहरुले जनप्रतिनिधि नभएर आफूलाई राजाको अनुभव गरेको देखिएको छ।

कुनै पनि सामाजिक व्यक्तिले काम गर्दा आफू निकट बनाउन प्रयास गर्ने तर उक्त व्यक्ति स्वतन्त्र रहन खोजेमा धेरै समस्या भएको अनुभव छ।

हाम्रो सकंल्प
चुस्त प्रशासन छरितो सेवा
–सेवाग्राहीलाई वडाबाट पाउने सेवासुविधा विना ढिलासुस्ती तत्काल प्रदान गरिनेछ।

–सामाजिक सञ्जालमार्फत वडाका गतिविधिबारे जानकारी दिइनेछ।

–नागरिक बडापत्र वडा कार्यालय भएको स्थानमा सर्वसाधारणले देखिने स्थानमा राखिनेछ।

स्वास्थ्य
–प्राथमिक उपचार पूर्णरूपमा औषधीसहित निःशुल्क गर्न प्रयत्न गरिनेछ।

–शहरी स्वास्थ्य चौकी उपयुक्त स्थानमा राखिनेछ।

–सबै वडाबासीको स्वास्थ्य बीमा गराउने व्यवस्था गरिनेछ।

–बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई प्रत्येक साता स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ।

–वडाबासीलाई वडाभित्र रहेका अस्पतालहरूमा विशेष छुटको व्यवस्था मिलाइनेछ।

–दीर्घरोगी तथा पूर्ण असक्त भएका बिरामीलाई सरकारले प्रदान गरेको सेवा सुविधालाई वडाले समन्वय गरी सरल बनाउन प्रयास गर्नेछ।

शिक्षा तथा सूचना प्रविधि
–प्रविधिको समुचित प्रयोग गरी सेवाग्राहीलाई सेवा पदान गरिनेछ।

–सामुदायिक विद्यालयको स्तरोन्नति तथा पूर्वाधार विकासमा विशेष जोड दिइनेछ।

–सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन दिइनेछ।

स्वरोजगार तथा तालिम
–वडाभित्रका सहकारी तथा व्यवसायसँग प्रवद्र्धन तथा समन्वय गरी स्थानीय व्यक्तिलाई रोजगारीको प्रत्याभूति गराउने वातावरण निर्माण गरिनेछ।

–स्वरोजगार सिर्जना गर्न विभिन्न तालिमको व्यवस्था मिलाइनेछ।

वातावरण तथा सरसफाइ
–एक घर एक रुख अवधारणासहित घरघरमा रुख रोप्नलाई प्रोत्साहन गरिनेछ।

–फोहोरमैलालाई प्रकृतिअनुरूप छुट्याई व्यवस्थापन गर्ने व्यवस्था मिलाइनेछ।

–फोहोरमैलारहित स्वच्छ वातावरण निर्माण गर्न वडाबासीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइनेछ।

जोखिम न्यूनीकरण
–मनमति खोलाको बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाइनेछ।

–मनमति खोलाको पानीको बहाव नियन्त्रण गर्न बेलाबेलामा खोला सफा गर्ने कार्य गरिनेछ।

–प्राकृतिक प्रकोप तथा महामारीे जोखिम व्यवस्थापन गर्न तालिमसहितको झटपट झोलाको व्यवस्था गरिनेछ।

–वडाबासीको भौगोलिक अवस्था हेरी प्रत्येक टोलबाट सहभागी गराई ¥यापिड रेस्पोन्स टिम तयार गरिने तथा जोखिमका बखत परिचालन गरिनेछ।

वित्तीय साक्षरता
–वित्तीय साक्षरता र जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्य गरिनेछ।

–महिला समूहमा वित्तीय जोखिमसम्बन्धी जानकारी र तालिम प्रदान गरिनेछ।

सुरक्षा
–संवेदनशील तथा अति आवश्यक चोक, मठमन्दिरमा तथा सडकमा सीसीटिभी, बत्ती तथा साइरनको व्यवस्था गरिनेछ।

–प्रत्येक घर, टोल र सडकको विशेष नम्बरको व्यवस्था गरिनेछ।

–सबै सडक कुकुरको नियन्त्रण तथा व्यवस्थापनका लागि उचित उपाय अवलम्बन गरिनेछ।

संस्कृति तथा पर्यटन
–आदिवासी जनजाति तथा नेवार समुदायसँग सम्बन्धित कला संस्कृति जगेर्ना गरी बाजागाजाको व्यवस्थासहित संस्कृति संरक्षणकोे व्यवस्था गरिनेछ।

–मन्दिर तथा पाटीपौवाको संरक्षण तथा जीर्णोद्धारमा विशेष पहल कदमी लिइनेछ।

–वडाभित्रका स्थानका प्राचीन नामलाई प्रवद्र्धन गरिनेछ।

सार्वजनिक सम्पत्तिको सुरक्षा
–सार्वजनिक जग्गा पहिचान गरी सुरक्षा दिने कार्य गरिनेछ।

–सार्वजनिक भवनहरूको सूची तयार गरी त्यस स्थानको सुरक्षासहित प्रयोजनमा ल्याइनेछ।

अशक्त तथा ज्येष्ठ नागरिक
–फरक क्षमता भएका, अशक्त तथा ज्येष्ठ नागरिकलाई वडाभित्र प्रदान गरिने सेवासुविधामा सहजीकरण गरिनेछ।

–ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्त भत्ता घरदैलोमा पु¥याउने व्यवस्था मिलाइनेछ।

–ज्येष्ठ नागरिक क्लब स्थापना गरी विभिन्न निःशुल्क स्वास्थ्य परीक्षण, योगा र फिजियो थेरापीको व्यवस्था मिलाइनेछ।

भौतिक पूर्वाधार तथा खानेपानी

–वडाभित्रको सबै बाटो निर्माण गर्दा सम्भव भएसम्म पानीको लाइन तथा ढलको व्यवस्था सुधार गरेर मात्र सडक कालोपत्र गरिने कार्य गरिनेछ।

–कुनै पनि विकास निर्माण वा सामाजिक काम गर्दा वडा स्थानीयबासी प्रत्यक्ष सहभागितामा कार्य सम्पन्न गरिनेछ।

–वडाभित्र रहेका खानेपानी उपभोक्ता समितिको सेवासुविधामा एकरूपता कायम गर्न प्रयत्न गरिनेछ।

–सार्वजनिक स्थानमा वाटर एटीएमको व्यवस्था गरिनेछ।

–आवश्यकता र स्थानको उपलब्धता हेरेर वडाभित्र सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ।

–वडाभित्रका बौद्धिक क्षमतावान् तथा विषय विशेषज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी योजना तथा कार्यक्रम तय गरिनेछ।

प्रोत्साहन
–विभिन्न क्षेत्रमार्फत वडाको गरिमा उच्च बनाउन योगदान पु¥याउनुहुने व्यक्ति तथा समूहलाई सम्मान गरिनेछ। तसर्थ यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भई रुख चिन्हमा मतदान गर्न सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाइमा हार्दिक अनुरोध गर्दछौं।


प्रतिक्रिया दिनुहोस्