ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एन आई सी बैंककोे नयाँ शाखा

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ४९


काठमाडाैं । एन आई सी एशिया बैंकको दुई नयाँ शाखा एकै पटक सञ्चालनमा ल्याएको छ । ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर आजदेखी सञ्चालनमा आएको हो ।

मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे समुद्घाटन एन आई सी एशिया बैंक लि का उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गर्नुभयो । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकहरुलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्