१८८ यात्रु सवार स्पाइसजेट विमान अवतरणका क्रममा हल्लिन थालेपछि १७ घाइते

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३२


सिन्ह्वा। भारतमा यात्रुवाहक विमान अवतरणका क्रममा हल्लिएपछि कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यसहित १७ जना घाइते भएका छन्र

बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ।

१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। खराब मौसमका कारण विमान हल्लिएपछि यात्रुहरु एकआपसमा ठोक्किएका थिए।

सोही क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस्