बन्द भयो एलेक्सा र्‍याङ्किङ, एलेक्सामा अब्बल हुने प्रतिस्पर्धा पनि खत्तम

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ४४


काठमाडौं। अमेजन कम्पनीको स्वामित्वमा रहेको वेबसाइटहरुको विश्वप्यापी र्‍याङ्किङ प्रणाली ‘एलेक्सा’ अब सँधैको लागि बन्द भएको छ।

कम्पनीले दिएको जानकारीअनुसार मे १ देखि लागू हुनेगरी एलेक्सा विश्वभर बन्द भएको हो।

नेपालमा मात्र नभएर वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित थियो। अब भने एलेक्सामा अब्बल देखिन गरिने प्रतिस्पर्धा बन्द हुनेछ।

एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन पनि थियो। जसले एलेक्सा पारदर्शी छैन भन्ने देखाउँथ्यो।

एमेजनले एलेक्साको सेवा बन्द भएको सूचना दिएको छ। एलेक्साले २५ वर्षदेखि सेवा दिँदै आएको थियो।

No description available.


प्रतिक्रिया दिनुहोस्