ट्रम लक्षित बाइडेनको मजाक, भनेः कोरोनासँगै अर्को ‘खतरनाक रोग’ पनि झेल्यो अमेरिकाले

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ३७


काठमाडौं। सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुँदै राष्ट्रपतिमा निर्वाचित भए।

डोनाल्ड ट्रम्प पराजित हुँदै दोस्रोपटक राष्ट्रपति बन्नबाट चुके। निर्वाचन हुँदै गर्दा विश्वभर कोरोना भाइरसको प्रकोप देखिएको थियो।

ट्रम्प कोरोना भाइरस छ भन्नेमा विश्वास नै गर्दैन थिए। उनी मास्क लगाउन अस्वीकार गर्दथे।

गतहप्ताको शनिबार अमेरिकी राष्ट्रपतीय कार्यालयमा पत्रकारहरुको लागि रात्रिभोज कार्यक्रमको आयोजना गरिएको थियो।

सो क्रममा वर्तमान राष्ट्रपति बाइडेनले कोरोनाको नियम पालना गर्न नमान्ने तिनै ट्रम्पको मजाक उडाए।

उनले ट्रम्पलाई खतरनाक रोगको संज्ञा दिए। अमेरिकाले कोरोना भाइरससँगै अर्को खतरनाक रोग ट्रम्पको पनि सामना गरेको उनको भनाइ थियो।

उनले भनेका थिए,‘दुई वर्षको कोरोना प्रकोपसँगै हामीमाझ अर्को पनि खतरनाक रोग थियो। सोच्नुहोस् त यदि मेरो पूर्ववर्ती यसवर्षको यो रात्रिभोजमा समावेश भएको भए त्यो साँच्चैमा कू हुनेथियो।’

बाइडेनले ट्रम्प राष्ट्रपति पदमा अयोग्य भएको र यदी उनले चुनाव जितेको भए त्यो अमेरिकीहरुको लागि न्यायोचित नहुने इंगित गरेका हुन्। सीएनएन


प्रतिक्रिया दिनुहोस्