काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाएका हुन् ।
उनीहरुलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।