सिर्जना सिंहमाथि पनि खनिए स्थापित, भन्छन्-बोल्न गगन थापाले सिकाउँछन्

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ०६


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेद्वार रहेका केशव स्थापित विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहेका छन्।

यसअघि काठमाडौंमा भएको एक कार्यक्रममा मीटूबारे सोधिएको प्रश्नको जवाफले चर्चामा आएका स्थापित स्वतन्त्र उम्मेद्वार बालेन शाहबारे दिएको अभिव्यक्तिले फेरि चर्चामा छन्।

आजै स्थापित सत्तागठबन्धनकी उम्मेद्वार सिर्जना सिंहप्रति पनि खनिए।

उनले सिंहलाई बोल्नपनि नआउने भन्दै आक्रोश पोखे। स्थापितले भने ‘नीति–कार्यक्रम केही पनि छैन। काठमाडौं कस्तो छ, यसलाई कसरी रूपान्तरण गर्ने भुतिभाङ केही थाहा छैन। अनि भन्छ भने पहिले भान्सा सम्हालेँ, अब काठमाडौं सम्हाल्छु। यस्तो पनि नारा हुन्छ? यस्तो पनि कार्यक्रम हुन्छ?’

स्थापितले सिर्जनालाई सार्वजनिक मञ्चमा उभिएर बोल्न चुनौती दिए।

‘उसले बोल्न सक्दैन अनि कसले बोल्छ भन्दा गगन थापा बोल्न आउँछ। त्यसो भए उ आफैँ उम्मेदवार भएर आउनुपर्थ्यो नि मेयर हुन। मैले खसी खोइ भनेपछि सकियो। हिसाब बुझाउन आउँदैन,’ स्थापितले भने।


प्रतिक्रिया दिनुहोस्