आज राति ४ प्रदेशमा वर्षा हुने सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ३९


काठमाडौं । आज राति चारवटा प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो।

यसैगरी सोमबार दिउँसो पनि प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तो छ आगामी ३ दिनको मौसम:


प्रतिक्रिया दिनुहोस्