काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठक सकिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठक भोलि ११ बजे पुनः बस्ने गरी सकिएको हो ।
अध्यक्ष प्रचण्डले ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेको आजको बैठकमा महासचिव महासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।