सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ०१


काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी भोलिबाट अवकाशमा जाने छन् ।

गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका थिए । अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्