बागी उम्मेदवारी दिएको स्थानमा पनि समझदारीअनुसार चुनाव लड्न गठबन्धनको निर्देशन

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४७


काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले सहमतिअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्नरगराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्