ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट: मृत्यु हुनेको संख्या १६ पुग्याे, अझै दुईजना बेपत्ता

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : १८


काठमाडाैं । न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । न्युजिल्याण्डको प्रहरीका अनुसार ज्वालामुखी बिस्फोटमा ज्यान गुमाउनेको आधिकारिक तथ्यांक १६ पुगेको हो । अझै दुईजना बेपत्ता छन् ।

बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका र दुईजनाको अवस्था थाहा पाउन प्रयास जारी रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । गत सोमबार न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको थियो ।


प्रतिक्रिया दिनुहोस्