सलमान खान ‘दबंग ४’ का लागि तयार

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ५७


काठमाडाैं । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शनको पखाईमा छ । यसबीच, सलमानले‘दबंग’ को चौथो श्रृंखलाका लागि पनि तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘दबंग ३’ पछि ‘दबंग ४’ को तयारीमा जुट्ने छौं ।’ ‘दबंग’ को प्रिक्वेल हो ‘दबंग ३’ ।’ प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ । दबंग ३’ को कथा सलमान स्वयंले लेखेका हुन् ।

‘दबंग’ को प्रिक्वेलको आइडियाबारे अभिनेता सलमानले भनेका छन्, ‘कहिले काहिँ एक फिल्मले तपाईंलाई अघिल्लो फिल्मका लागि आइडिया दिने गर्छ । ‘दबंग ३’ मा हामी रज्जोका पिता जड्याह कसरी बने र चुलबुलको रज्जोसँग कसरी भेट भएको थियो भन्ने देखाउँदैछौं । फिल्म हेरेपछि थाहा हुन्छ कि कहाँबाट कहाँ निस्कियौं हामी ।’


प्रतिक्रिया दिनुहोस्