चीनमा ठूलो भवन भत्किदाँ त्यसमा २३ जना च्यापिए

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ३४


बेइजिङ। चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।

देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् ।

भत्किएको आठ तले भवनमा होटल, अर्पाटमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिनुभयो ।

“भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरूले अथक मेहनेत गर्नु भएको छ,” मेयर जियाङ्छीले भन्नुभयो ।

च्यापिएको ठाउँबाट पाँच जनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उहाँले जानकारी दिनुभयो ।

“अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँच जनालाई जीवितै उद्धार गरिएको छ, आशा गरौँ अरु च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिने छ,” उहाँले भन्नुभयो । रासस एएफपी


प्रतिक्रिया दिनुहोस्