काठमाडौं। एमालेलाई निर्वाचनमा जित्न नदिने लक्ष्यका साथ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टीहरुले गठबन्धन गरेका छन्।
यसबीचमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन्।
माओवादी केन्द्रले स्थानीय चुनावमा काँग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको उनको भनाइ छ।
‘माओवादीसँग चुनावी एजेण्डा छैन्। काँग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब काँग्रेसमै छिरे हुन्छ। हामी सामना गर्न तयार छौँ।’