काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार दिउँसो उक्त बैठक सुरु भएको हो ।
स्थायी समिति बैठक बस्नुअघि आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसको थियो ।
उक्त बैठकले ५ वटा कार्यसूची तय गरेको छ। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।