काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका चर्चित र्यापर तथा इन्जिनियर बालेन्द्र शाह बालेनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले बालेनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो।
लौरो चुनाव चिन्ह पाएसँगै बालेनले फेसबुकमा भनेका छन्,‘बा–आमालाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने।’