केशव स्थापितलाई कारबाहीको दायरामा ल्याउन ४५ अधिकारवादी संस्थाको माग

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ४५


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा दिएको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् ।

उनले महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघसंस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्