नयाँदिल्ली । पैदर्शनमा नआउँदै अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा तानिएको छ। यो फिल्म आगामी जनवरी १० मा प्रदर्शन हुँदैछ।
फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाउँदै अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो। यस फिल्मलाई ओम राउतले निर्देशन गरेका छन्।
संघले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन पनि आग्रह गरेको छ। उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ। फिल्मले तानाजी भन्दै मराठा समुदायलाई देखाएको संघको आरोप छ।
तर निर्देशकले भने उक्त आरोपको खण्डन गरेका छन्। उनले भनेका छन्, ‘इतिहासको पाना पल्टाउनुस्, त्यहाँ पनि उनको नाम तान्हाजी नै छ ।’
यस फिल्ममा अजयसँगै काजोल, सेफ अली खान, शरद केलकर, ल्युक केनी, जगतपति बाबु लगायतको अभिनय छ।