काठमाडौँ । नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा २ उपाधि जितेकी छिन्।
उनले शनिबार ‘मिस वर्ल्ड मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी हुन् । अनुष्काले यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन्। नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो।
गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा पनि श्रृङ्खला खतिवडाले पनि यी दुबै टाइटल जितेकी थिइन्। अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुगेर बाहिरीएकी हुन्।
मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी टोनी एन सिंहले पाएकी छिन् ।