राजदूत बेरी भन्छन्ः लोकतान्त्रिक मूल्यमान्ता नै अमेरिका–नेपाल सम्बन्धको जग हो

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ४३


काठमाडौं। नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुभकामना सन्देश दिएका छन्।

उनले जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै अमेरिका–नेपाल सम्बन्धको जग हो भनेका छन्।

उनले जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि नेपाल र अमेरिका थप नजिक हुनुपर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्,‘जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु(पुस्ताको अमेरिका(नेपाल सम्बन्धको जग हो। आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ।’


प्रतिक्रिया दिनुहोस्