बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : ३७


काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

आज छापावाल सुन ५ सयले बढेर प्रतितोता ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्