सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसीमा ४० जना तिर्थयात्रु बोकेको बस दुर्घटना भएको छ।
दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७, स्थित ६ किलो भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव जनाको शव निकालेको बताएका छन्। जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले भन्नुभयो, 'अहिलेसम्म १२ जनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य जारी छ।'
प्रहरीका अनुसार बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ।
अहिले घटनास्थलमा उद्धार कार्य जारी छ।
यो पनि