रुसविरुद्ध लड्न युक्रेन पुगेका बेलायती नागरिक स्कटको मृत्यु, अर्का एक बेपत्ता

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ३१


काठमाडौं। रुसविरुद्ध लड्न युक्रेन पुगेका बेलायती नागरिक स्कट सिब्लीको मृत्यु भएको छ।

यस्तै अर्का एक बेलायती नागरिक भने बेपत्ता रहेका छन्। बेलायतको विदेश मन्त्रालयले युक्रेनमा स्कट सिब्लीको रुसी आक्रमणमा मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार सिब्ली युक्रेनमा मारिएका पहिलो बेलायती नागरिक हुन्। अर्का बेपत्ता रहेका नागरिकको बारेमा भने बेलायतले थप जानकारी दिएको छैन।

मन्त्रालयका अनुसार ती दुई बेलायती नागरिक विदेशी स्वयंसेवकको रुपमा युक्रेन पुगेका थिए। यद्यपी सिब्लीले युक्रेनी सेनाको कम्ब्याट लगाएको तस्बिर सार्वजनिक भएको छ।

उनीहरु मारिउपोल र डोन्बास जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेको बताइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्