धादिङ । विवाहको भोलिपल्टै श्रीमतीको हत्या गरेको आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो। तामाङ विवाहको भोलिपल्टैबाट वेपत्ता भएकी थिइन्।
मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो।
मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाको थप अनुसन्धान गरिने उहाँले बताउनुभयो।