केशव स्थापितको बचाउमा ओली

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ३२


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली केशव स्थापितको पक्षमा उत्रेका छन्।

बिहीबार काठमाडौंमो भएको एक अन्तरक्रिया कार्यक्रममा यौन दुर्व्यवहारबारे प्रश्न गर्ने महिलालाई अराजक जवाफ दिएपछि स्थापितको आलोचना भइरहेको छ।

एमालेबाट काठमाडौं महानगरको मेयरका लागि उम्मेद्वारी घोषणा गरेका स्थापितलाई आज नेसनल कलेजमा भएको एक अन्तर्क्रिया कार्यक्रममा प्रस्तोता भावना राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापितले भनेका थिए, ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन।’

सो खबर सामाजिक सञ्जालमा भाइरल भएर स्थापितको आलोचना हुँदा एमाले अध्यक्ष अ‍ोलीले स्थापितको पक्षमा खुलेका हुन। अध्यक्ष ओलीले चुनावका बेला चरित्रहत्या गरिने कुरा उचालिने बताउँदै अगाडी भने-‘चुनाव आयो की मीटू?’

 


प्रतिक्रिया दिनुहोस्