जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैनः सांसद महत

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : १८


जुम्ला । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ। गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन्।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन्। उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे।

‘गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो। वैशाख ११ गते जिल्लास्थित शीर्ष नेताको बैठकमा निष्कर्ष विहीन भएकाले अब सबै पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धा हुने बताए।

नेपाली कांग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्तव्यस्त भएकाले गठबन्धन सम्भव नभएको बताए।

त्यस्तै एकीकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले केही दिन पहिले नै गठबन्धन नहुने निष्कर्षमा पुगेको बताए। उनले लामो समय गृहकार्य गरे पनि गठबन्धनको सम्भावना नरहेको बताएका हुन्।

त्यस्तै गठबन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाडफाड गरेको थियो। तर, त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गइसकेकाले गठबन्धनको सम्भावना सकिएको छ।


प्रतिक्रिया दिनुहोस्