चार महिनामै चुइगम चपाएरै सकियो साढे १८ करोड

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ४०


काठमाडौँ । देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन्।  

भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ। 

यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्