आजको पञ्चाङ्ग
मिति २०७६ साल मंसिर २९। आइतबार। इस २०१९ डिसेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० थिंलागा। पौष कृष्णपक्ष। तृतीया, ८ः३१ उप्रान्त चतुर्थी।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ विभिन्न कारणले अस्तव्यस्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपाईंको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । विद्यामा गरिएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै स्रोत साधन प्रयोग गरि असिमित आवश्यकताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला, समय मध्ययम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ ।