तालिबानको सरकार रहेको अफगानिस्तानमा बन्दुकधारीहरूद्वारा पाँच कोइलाखानी मजदुरको हत्या

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ४४


काठमाडौं। अफगानिस्तानको सामंगन प्रान्तमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा कोइलाखानीमा कार्यरत पाँच कामदारको मृत्यु भएको छ।

स्थानीय तालिबान अधिकारीहरूका अनुसार उक्त घटना मङ्गलबार दिउँसो बाल्ख प्रान्तको सिमानामा रहेको प्रान्तको दारा.ए.सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो।
एक सरकारी समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो।

मारिनेहरु सबै जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ। उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

यसैबीच अफगानिस्तानभरि हालैका घटनाहरूमा थुप्रै सर्वसाधारणको हत्याको भएको छ। अफगानिस्तानका थुप्रै शहरहरूमा बम विस्फोटको स्ट्रिङले युद्धग्रस्त देशका जनतालाई आतङ्कमुक्त प्रशासन प्रदान गर्ने तालिबानीहरूको दावी बारेमा प्रश्नहरू उब्जाएको छ।

विश्व समुदाय भने अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित छ। अफगानिस्तानमा तालिबान शासनले बारम्बार विजयको दावी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणहरूको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ।

हालैका दिनहरूमा भएका आक्रमणहरूको क्रमले संयुक्त राष्ट्र संघ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानवअधिकार समूहहरू लगायत विश्व समुदायले निन्दा गरेको छ।


प्रतिक्रिया दिनुहोस्