काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच विवाद देखिएको छ।
विवादका बीच राष्ट्रिय टिमका ९ खेलाडी बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन्।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै खेलाडीले क्याप छाडेका हुन्।
मुख्य प्रशिक्षक अलमुताइरीले टोलीका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल गरेका थिए। तर, प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने बताएपछि खेलाडीले क्याम्प छाडेका हुन्।
एन्फाले दिएको सूचनाअनुसार बन्द प्रशिक्षण छाडेर बाहिरिएका खेलाडीहरू:
रोहित चन्द
बिमल घर्ती मगर
अञ्जन विष्ट
विशाल श्रेष्ठ
विशाल राई
अनन्त तामाङ
दिनेश राजवंशी
सुमन लामा
सुजल श्रेष्ठ
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेन्जोङले फेसबुक स्टाटस लेख्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीप्रति असन्तुष्टि जनाएका छन्।