बुटवल । रुपन्देहीको तिलोत्तमामा घाँस काट्दै गरेकी एक महिलाको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको छ।
तिलोत्तमा–१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धारिलो हतियारबाट घाँटीमा गम्भिर चोट लागेको उनको उपचारको क्रममा तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो।
घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै २७ वर्षीय विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको छ।