दुगड् ग्रुपले ‘जोन डीयर ट्रयाक्टर’ नेपाल भित्र्याएको २० वर्ष पूरा

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ३५


काठमाडौं। नेपालको प्रतिष्ठीत व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को शक्त्तीशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ।

सोही अवसरमा चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम गरेर सो सहयात्राको २० औं वर्ष मनाइएको छ।

कार्यक्रममा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थीति रहेको थियो।

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगड्ले जोन डीयरसंगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए।


प्रतिक्रिया दिनुहोस्